काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउने भएको छ। मन्त्रालयले २०८० देखि २०८५ सालसम्मका लागि आवधिक कार्ययोजना ल्याउने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै थप प्रभावकारी बनाउन पाँच वर्षे कार्ययोजना ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । मन्त्री गिरीले मन्त्रालयले प्राथमिकता दिएका विषयहरुको कार्ययोजना बनाउने क्रममा बिमाको आवधिक कार्ययोजनाको विषय समेत समावेश गरेका छन् ।
मन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा बिमा बोर्डले २०८० को वैशाखसम्म पाँच वर्षे कार्ययोजनाको मस्यौदा तयार गरिसक्ने र जेठभित्र मन्त्रिपरिषदबाट पास गरिसक्ने उल्लेख छ । नेपालमा हालसम्म ६० लाखले स्वास्थ्य बिमा गरेको तथ्यांक रहेको छ ।