September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आयुर्वेद शिक्षण अस्पताल राष्ट्रपति भण्डारीद्वारा उट्घाटन

२०७९ फाल्गुन ३

310

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उट्घाट्न गरेकी छन् ।

दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  उद्घाटन गरेकी हुन् ।

०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

हाल यस विश्वविद्यालयमा उपाधिमूलक तहगत पाठ्यक्रमअन्तर्गत शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) र विद्यावारिधि (पीएचडी) स्तरका कक्षाका साथै आयुर्वेद स्नातक (बीएएमएस) र शिक्षाशास्त्री (बीएड) कार्यक्रम सञ्चालित छन् ।