September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

२०७९ फाल्गुन ४

485

काठमाडौंः एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी ८६ वर्षकी आमा पनि घाइते भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

हाल उनीहरुको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन् । राति साढे १ बजे कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउँदै शर्माले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।