काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,कपिलवस्तु जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका, १ स्थित चैनपुरमा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय सचिव प्रेमकुमार गैरे र लुम्बिनी प्रदेश संयोजक डोलराज विश्वकर्माको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले शस बहादुर सुनारको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । त्यस्तै सचिवमा आकृति गौतम र सदस्यहरुमा कल्पना श्रीपाली,अमृता सुनार,दिपक बुढाथोकी,सुशील सुनार,प्रविन सुनार,मुगा बुढाथोकी टिका श्रीपाली,सुशीला रसाईली र नितु महतरा क्षेत्री रहेका छन् ।