June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

अनेरास्ववियुको नयाँ नेतृत्वक चयनका लागि अपरान्हबाट मतदान सुरू

२०७९ फाल्गुन ४

560

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो ।

एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।