February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, छ घाइते

२०७९ फाल्गुन ६

660

काठमाडौंः केआईसिंह गाउँपालिका-१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका-१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन् । घाइते हुनेमा केआइसिंह गाउँपालिका-१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ।

सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशको ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो।