September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

ओखलढुंगामा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक

२०७९ फाल्गुन ७

425

काठमाडौंः ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका व्यक्ति विभेदमा परेका छन् । स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो । गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि मन्दिरको गेट लगाएको थियो। यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि स्थानिय अगुवाहरुले ढोका खोलेको उनले बताइन्।

यसअघि पनि महाशिवरात्रीको अवसरमा पुजाआजा गर्न आएका दलित समुदायका व्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका थिए । पुजाआजाका लागि आएका अन्यलाई सहजीकरण गरिरहेका गुरुङले दलित समुदायका व्यक्ति आउनासाथ मन्दिरमा पुजाआजा गर्न मिल्दैन भनेर रोक लगाएका थिए । कुष्णकुमारीको आमालाई पनि रोक लगाए पछि उनले भने प्रतिवाद गरेकी थिइन् । सो घटना सार्वजनिक भए पछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको दलित अधिकारकर्मीहरुले जनाएका छन् ।