February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

एमालेका उम्मेदवार राष्ट्रपति बन्ने: ओली

२०७९ फाल्गुन ७

645

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।”

अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “हाम्रो देश समृद्ध र सुखी बन्छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने, “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।”

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उनले बताए ।