काठमाडौंः पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २६ लेखनाथमा बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएको जनाइएको छ । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेहरूको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । ‘ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको प्रहरी प्रमुख केसीको भनाइ छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।