February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नागार्जुनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

२०७९ फाल्गुन ९

510

काठमाडौंः नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।