June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सीटीईभीटीको विशेष छात्रवृत्तिको लागि भर्ना आवेदन खुला

२०७९ फाल्गुन ९

705

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला गरेको छ । कार्यालयले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरुलाई प्रि–डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमा÷प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

आर्थिक वर्ष २०७९।०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए आवेदन माग गरिएको कार्यालयले जनाएको छ । सो बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरुलाई प्रि–डिप्लोमा तह र ४ सय जनालाई डिप्लोमारप्रमाणपत्र तहमा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनौटका लागि आवेदन माग गरेको छ । कार्यालयको अनुसार इच्छुक आवेदकले निःशुल्क आवेदन दिन सक्नेछन् । कार्यालयको अनुसार फागुन ८ गतेदेखि फागुन २८ गतेसम्म इच्छुक आवेदकले आवेदन दिनुपर्नेछ भने परीक्षा चैत ११ गते हुनेछ । परीक्षा प्रदेशगत सञ्चालन हुनेछ ।