May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कवि पराजित पोमुको ‘मद्वारा मेरो निमार्ण’ कवितासंग्रह सार्वजिनक(फाेटाे फिचर)

२०७९ फाल्गुन ९

1.9K

काठमाडौं । कवि पराजित पोमुको ‘मद्वारा मेरो निमार्ण’ कवितासंग्रहको लोकार्पण समारोह कार्यक्रम आज सम्पन्न भएको छ । काठमाडौं थापागाउँ स्थित मण्डला थिएटरमा आयोजित उक्त लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार वैरागी काइँला, डा.बिन्दु शर्मा, कवि श्रवण मुकारुङ्ग,कवि तथा समालोचक गुरुङ सुशान्त लगायत अन्य धेरै कवि एवम् साहित्यकारहरुको सहभागी थियो ।

वक्ताहरुमा कवि तथा समालोचक गुरुङ सुशान्तले कवि पराजितका कविताहरुले उत्पीडित राष्ट्रहरुको आवाज बुलन्द पारेको धारणा राखे ।

त्यसैगरी वक्ता डा.बिन्दु शर्माले कविताहरुमा मौलिकपन भेटिएको तर कतिपय भाष्य र पदावलीहरु विभेदजन्य र विवादास्पद भएकोले सुधार गर्दै जान सल्लाह सुझाव सहित कृतिको आगामी सफलताको शुभेच्छा व्यक्त गरिन् ।

साथै कवि श्रवण मुकारुङ्गले कवि पराजित प्रवासी श्रमिक भईकन पनि सिर्जनामा लाग्ने सहास गर्नु आफैमा प्रेरणादायी विषय रहेको कुरा राखे । उनले भने, ‘सामान्य शैली र सरलतामा लेखिएको कविताहरु नै विशेष बन्छ ।’

त्यसैगरी वरिष्ठ साहित्यकार बैरागी काइँलाले सांस्कृतिक विविधतालाई कमजोरीका रुपमा होइन जैविक विविधतालाई जस्तै शक्तिको स्रोतको रुपमा अनुसरण गर्नुपर्ने धारणा राखे । साथै कविको ‘मद्वारा मेरो निमार्ण’ लेखक भित्रको आत्मविश्वासको अभिव्यक्ति भएको कुरा उनले राखे ।

कवि पराजित पोमुको उक्त कृति फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।