September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

२०७९ फाल्गुन १०

490

काठमाडौंः आगलागीमा घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टिबायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । उनका अनुसार ५ लिटर अक्सिजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने प्यारामिटरहरू नर्मल रहेको छ ।

पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनी बोलाउनु भयो, यहाँ म सँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कँडेलले भने । गत बिहीबार शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।