February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

काठमाडौँ भ्युटावरका ठेकेदार भेटुवाल पक्राउ

२०७९ फाल्गुन १०

645

काठमाडौंः काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.का सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन् । आजै उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिने बताइएको छ । उनी यसअघि पनि पक्राउ परेका थिए ।