May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रपति निर्वाचन : मतदाताविरुद्ध आज उजुरी दिन सकिने

२०७९ फाल्गुन ११

545

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी  छ ।