डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको पनि खड्काले बताए ।
यसअघि पनि रसुवा र सोलुखुम्बुबाट गरी ७ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेसंगै धर्म निरपेक्षताको मर्म विपरीत भएको भन्दै विभिन्न व्यक्तिहरुले विभेदकारी कानुन खारेजी संघर्ष समिति नै बनाएर आन्दोलन समेत गरिरहेका छन् । तर,राज्यले भने आन्दोलनलाई बेवास्ता गर्दै निरन्तर गौवधको आरोपमा विभिन्न स्थानबाट मानिसहरुलाई पक्राउ गरिरहेको छ ।