September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

हात्तीको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

२०७९ फाल्गुन १२

460

काठमाडौंः जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका ५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो । सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशीघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग अनुरोध गरेका छन् ।