September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

चितवनमा जंगली हात्तीले आक्रमण गर्दा इजरायली नागरिकको मृत्यु

२०७९ फाल्गुन १२

430

काठमाडौंः चितवनको रत्ननगर नगरपालिका ६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना आज दिउँसो ढुङ्ग्रे खोला छेउमा दिउँसो १२ः२० बजे भएको थियो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।