June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

२०७९ फाल्गुन १३

675

काठमाडौंः मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल बिहान ११ बजे अनियन्त्रित भएर पल्टिँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी छन् ।