काठमाडौंः बुटवलमा भएको सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु भएको छ । गए राति मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो । लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ०७।०२।००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनी लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए। पछिल्लो समय उनी एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए।
उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा थिए । विगत १५ वर्षदेखि उनी बुटवलस्थित बुद्धनगरमा बस्दै आएका थिए । हितंगाका बुवा, श्रीमती र २ भाइ छन्।