काठमाडौंः संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।
आजको बैठकबाट राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।