September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

महँगी विरुद्ध नेकपाको प्रदर्शन

२०७९ फाल्गुन १५

440

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गरेको छ ।मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याजदर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ ।

गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।