September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

हिउँद सकिएसँगै प्रि–मनसुन सुरू

२०७९ फाल्गुन १७

540

काठमाडौंः हिउँदयाम सकिएसँगै देशभर प्रि(मनसुन सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरू भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ। प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरू हुने उनले बताइन्।

प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जनरचट्याङ्कका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन्। यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन्।

उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो। यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।