September 24, 2023, Sunday
२०८० आश्विन ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२०७९ फाल्गुन २०

410

काठमाडौंः पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि (आइतबार) कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

साथै लुम्बिनी प्रदेशका केही भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ । आइतबार राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ । सोमबार गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।