June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्दै

२०७९ फाल्गुन २१

545

काठमाडौंः आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । भागबण्डा मिलाउन उनले नयाँ समिकरणका दलहरुसँग परामर्श गरिरहेका छन् ।