काठमाडौं: चार विद्यार्थी संगठनहरुले आगामी चैत ५ मा हुने स्वतब्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपाल, अखिल नेपाल विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी रहेको संयुक्त विद्यार्थी संगठनले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै चारैवटा विद्यार्थी संगठनका नेताहरुले विशेष गरि पुर्ण समानुपातिक र समावेशी स्ववियु निर्वाचनको मुद्दालाई अघि सार्ने बताएका थिए । त्यस्तै विश्वविद्यालयहरुमा भागबन्डाका आधारमा हुने नियुक्ति विरुद्ध पनि आफुहरुले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि चारैवटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी हुने र एजेन्डा मिल्ने विद्यार्थी संगठनहरुसंग सहकार्य गर्ने निर्णय गरिसकेका छन् ।
चार विद्यार्थी संगठनहरुको संयुक्त घोषणापत्र: