September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०७९ फाल्गुन २२

400

काठमाडौंः सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् । हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पतालमा उपचारको लागि लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।