September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

२०७९ फाल्गुन २७

420

काठमाडौंः ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि गठबन्धनका दलहरूले आपत्ती जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।