September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दुर्व्यवहारको आरोपमा वडाध्यक्ष नै पक्राउ

२०७९ फाल्गुन २७

545

काठमाडौंः बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।

 

वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ।