September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संयुक्त क्रान्तिकारी विद्यार्थी मोर्चाद्वारा नेपाल ल क्याम्पसमा उम्मेदवारी दर्ता

२०७९ फाल्गुन २७

7.6K

काठमाडौंः आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि संयुक्त क्रान्तिकारी विद्यार्थी मोर्चाले शनिबार नेपाल ल क्याम्पसमा उम्मेदवारी दर्ता गराएका छन् । अखिल क्रान्तिकारी (विप्लब) र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालका विद्यार्थीले संयुक्त मोर्चाको निर्माण गरेर उम्मेदवारी दर्ता गराएको हो ।

दर्ता भएको उम्मेदवारी नामावली अनुसार सभापतिमा अखिल क्रान्तिकारी (विप्लब) की रविना सथाशंकर,सचिवमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका प्रदीप विश्वकर्मा, कोषाध्यक्षमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकै सुस्मिता तुम्सिङ मगर र समानुपातिक तर्फको सदस्यहरुमा पनि वैज्ञानिक समाजवादी विद्यार्थी संगठनबाटै पुजा अधिकारी र प्रशान्त हरिजनले उम्मेदवारी दर्ता गराएका छन् ।