September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

निजी निवासमा सर्दै पुर्वराष्ट्रपति भण्डारी

२०७९ फाल्गुन २८

620

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ ।

नयाँ राष्ट्रपतिको शपथअघि नै ७ वर्षे कार्यकाल सकिने दिनमै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ २ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन् ।भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।