काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,म्याग्दी जिल्ला भेला सम्पन्न भएको छ । आइतबार म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा जात व्यवस्था उन्मूलन मोर्चा,नेपालका केन्द्रीय संयोजक राजकुमार हिङमाङ र काठमाडौं जिल्ला समितिका संयोजक जसिन्द्र सिर्पालीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा उपस्थितहरुको अनुमोदनले संयोजकमा नविना किसान,सचिवमा कल्पना पटेल र सदस्यहरुमा विनिता विश्वकर्मा,विवा विश्वकर्मा,अमृता सेञ्चुरी,पविन्द्र कुमाई,सुर्ज विश्वकर्मा र सुस्मिता किसान रहेको म्याग्दी जिल्ला समिति गठन भएको छ । कार्यक्रम संचालन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका काठमाडौं जिल्ला सदस्य प्रकाश विसीले गरेका थिए भने कार्यक्रममा म्याग्दी जिल्लाका पत्रकार एवं राजनीतिज्ञहरुको उपस्थिती रहेको थियो ।