June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

झलनाथ खनाल,विप्लब र प्रकाण्डबीच भेटवार्ता

२०७९ फाल्गुन २९

775

काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बिच भेटवार्ता भएको छ । आइतबार खनाल निवास डल्लुमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको हो । भेटमा वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको बताइएको छ ।

त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए भने उनीहरुबीच आगामी दिनमा सबै वामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी बताइएको छ ।