September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेतामा नियुक्त

२०७९ फाल्गुन २९

530

काठमाडौंः नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गरेका हुन् । आइतबार अध्यक्ष ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।