काठमाडौंः हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका एक-दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।