काठमाडौंः आज (बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । यस्तै भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । शुक्रबार आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगका केही स्थानहरू तथा तराईका एक-दुई स्थानमा मेघगर्जनर चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।