काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक सुरू भएको छ। आज अपराह्न सुरू भएको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद विस्तारबारे पनि कुराकानी हुने बताइएको छ।
उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।