September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,बाजुराको दोस्रो जिल्ला भेला सम्पन्न

२०७९ चैत्र २

1.1K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,बाजुराको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । बुधबार बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ८ झालगाउँमा जात व्यवस्था उन्मूलन मोर्चा,नेपालका सुदुरपश्चिम प्रदेश संयोजक रवि नेपालीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा उपस्थितहरुको अनुमोदनले संयोजकमा दिनेश सार्की,सचिवमा दिपेश नेपाली र सदस्यहरुमा गोरख नेपाली,प्रेम सार्की,जहरा सिंह,देउमा सार्की,निर्मला सार्की,देउमा नेपाली,सूनिल नेपाली,महेश सार्की,कविराज सार्की,दुरादेवी सार्की र प्रतिभा सार्की रहेको बाजुरा जिल्ला समिति गठन भएको छ ।