September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू

२०७९ चैत्र ३

305

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । मतदानका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।