February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल प्रदेश एकको दोस्रो प्रादेशिक भेला सम्पन्न

२०७९ चैत्र ४

1.1K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल एक नं प्रदेशको दोस्रो प्रादेशिक भेला सम्पन्न भएको छ । शनिबार सुनसरीको इटहरीमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुति,मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,प्रदेश १ का संयोजक आशिष लिम्बु, पार्टीका केन्द्रीय सदस्यहरु मोहन लकान्द्री,प्रल्हाद राउत,शान्ति गजमेर लगायतका नेताहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले शान्ति गजमेरलाई संयोजकमा चयन गरेको छ भने सह संयोजकमा पहलमान शिवा र सचिवमा डिल्ली रुचाललाई चयन गरेको छ । सदस्यहरुमा गणेश शिवा,कुमार हिङमाङ,रुद्र नेपाली,पुजन हिङमाङ,शम्भु खाती,रोशन नेपाली,रमेश मंग्राती,सुरेश लकान्द्री,शुशिल दर्नाल,बल बहादुर सुन्दास र देव सरदार रहेका छन् ।

त्यस्तै भेलाले संयोजक,सह संयोजक र सचिवसहित सम्पुर्ण सदस्यहरुलाई प्रदेश १ अन्तर्गत रहेका जिल्लाहरुको जिम्मेवारी समेत तोकिएको छ । आगामी चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गर्दै जिल्ला र प्रदेशस्तरका भेलाहरु गरिरहेको छ ।