काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुला किताब भएकाले सबैलाई मतदान गर्न आग्रह गरे । संसदमा बोल्दै यादवले प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिनुपर्ने बताए ।
‘प्रधानमन्त्री ज्यूले आफ्नो कार्यकालमा पहिलेका कार्यकालको अनुभवका आधारमा अझ सफलतापूर्वक भूमिका निभाउने बताउनु भएको छ । जनताले प्रचण्ड ज्यूबाट सही कार्यान्वयनको अपेक्षा गरेका छन् । उहाँको प्रतिवद्धतामा सफलता मिलोस् भनेर शुभकामना दिन चाहन्छु’ यादवले भने, ‘अरू सांसदहरूलाई अनुरोध गर्दछु । प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्री कसले पाउँछ ? उहाँ खुला किताब हुन । उनको मनमा केही रहँदैन । प्रष्ट बोल्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’
अहिलेको अर्थतन्त्रको संकटबाट जोगिनपनि सबै दल मिल्नुपर्ने यादवले बताए ।