September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

डा. सीके राउतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

२०७९ चैत्र ६

315

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिद्धान्तविहीन राजनीति र गठबन्धन धेरै समय टिक्न नसक्ने बताए । गठबन्धनमा असहमति रहँदैमा समर्थन फिर्ता नलिने उनले औंल्याए ।

आफूहरु जनताको हितमा केन्द्रित भएर लाग्ने गठबन्धनमा भएको अविश्वासलाई छाडेर निरन्तरतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष राउतले मधेस आन्दोलन, नागरिकता विधेयकलगायतको विषयमा आफ्नो माग पूरा गर्न सरकारसँग माग गरे ।