September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

२०७९ चैत्र ६

500

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका छन् भने ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिए । साथै २६२ सांसदले भाग लिएकाे मतदानमा १ जनाले भने मत दिएनन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उनले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।