September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संसदबाहिरका दलित संगठनहरुले जातिभेद उन्मूलन दिवसमा छुट्टै कार्यक्रम गर्ने

२०७९ चैत्र ६

795

काठमाडौंः संयुक्त राजनीतिक दलित संघर्ष समितिमा रहेका सात दलित संगठनहरुले अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस छुट्टै कार्यक्रम गरि मनाउने भएको छ । उक्त कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा,श्रमिक समुदाय मुक्ति मोर्चा, नेपाल, जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल,राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल,नेपाल राष्ट्रिउ दलित केन्द्र,संयुक्त दलित अधिकार मञ्च र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संयुक्त रुपमा मनाउने भएको हो ।

मंगलबार ललितपुरको कुपण्डोलमा हुने उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुति,नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल,नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड,नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य शरद रसाईली र नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य बन्धु सी वक्ता रहेका छन् ।

यसअघि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एमाले निकट दलित संगठनहरुसमेतले संयुक्त रुपमा मनाउने निर्णय भएको थियो । तर, सात संगठनहरुले भने संसदवादी र सत्ताधारी दलित संगठनहरुले संघर्षलाई जोड दिएको अन्तर्राष्ट्रिय नारालाईसमेत बेवास्ता गरी कार्यक्रमको मूल मर्मलाई नै तोडमोड गरेको आरोप लगाउँदै छुट्टै कार्यक्रम गर्ने निर्णय गरिएको हो ।