काठमाडौंः काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ । आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ ।
देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।साथै केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।