June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भन्सार छलीमा व्यापारीहरु नै सक्रिय

२०७९ चैत्र ७

690

काठमाडौंः महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ । जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो।

जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका सूर्यनारायण साहको उक्त सामान सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सामान ओसारपसारमा संग्लन तीन जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामाढी बिहार घर भएका प्रभात कुमार, विभु कुमार र साजन कुमार महतो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी सरोज राईले जानकारी दिए ।