February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सोमबार रातिदेखि धनगढीमा वर्षा जारी

२०७९ चैत्र ७

465

काठमाडौं । सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ। सोमबार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभाग र तराई भूभागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको  छ । महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।