June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा, नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न

२०७९ चैत्र ९

1.8K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालको प्रथम नवलपुर जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार नवलपुरको कावासोती नगरपालिका १६, स्थित डण्डा गाउँमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका केन्द्रीय सचिव प्रेमकुमार गैह्रेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले विष्णु विश्वकर्माको संयोजकत्वमा २ जना सदस्यहरु पछि थप्ने गरि ११ सदस्यीय नवलपुर जिल्ला समितिको गठन गरेको छ । सदस्यहरूमा गुञ्जलाल नेपाली,केश बहादुर नेपाली,हुमन्ती गैरे,मिना शाही,सविन विश्वकर्मा,सुमन विश्वकर्मा,मनिष विश्वकर्मा, र चन्दा परियार रहेका छन् ।

आगामी चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गर्दै जिल्ला र प्रदेशस्तरका भेलाहरु गरिरहेको छ ।