February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको दोस्रो चितवन जिल्ला भेला सम्पन्न

२०७९ चैत्र ९

3.5K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालको दोस्रो चितवन जिल्ला भेला सम्पन्न भएको छ । बुधबार चितवनको भरतपुर नगरपालिका १०, स्थित वीरेन्द्र क्याम्पसमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका केन्द्रीय सचिव प्रेमकुमार गैह्रेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले प्रेम सुनारलाई संयोजक,वीर बहादुर विश्वकर्मा सह–संयोजक,रमा विश्वकर्मा सचिव र गोपी विश्वकर्मालाई सह–सचिवमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा विक्रम विश्वकर्मा,कमल विश्वकर्मा,अमित ओझा,राजकुमार विश्वकर्मा,गणेश विश्वकर्मा,यसोदा रामदाम,किशोर रुचाल,सरस्वती विश्वकर्मा रहेका छन् ।

आगामी चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गर्दै जिल्ला र प्रदेशस्तरका भेलाहरु गरिरहेको छ ।