June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

२०७९ चैत्र १०

985

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।

प्रस्तावका विपक्षमा १७ मत मात्रै आएको छ भने ७ जना सांसद तटस्थ बसेका छन्।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका छन् ।